ललितपुरको ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ललितपुरको ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटन


नयाँ बिकल्प ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

जेष्ठ नागरिकहरुका लागि नमुना वृद्घाश्रमको रुपमा रहेको सो भवन उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको छ। भवनमा एक सय १० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणह? रहेका छन् ।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो।

राजदूत क्वात्राले भने ‘हामी बीचको विकास सहकार्यमा यस्ता परियोजनाहरुको कार्यान्वयनको ठूलो महत्व रहेको छ। यस्ता परियोजनाहरुको कार्यान्वयनले समुदाय स्तरमा विकास गर्न मद्दत गर्दछ।’

सो अवसरमा ज्यापु समाजलाई धन्यवाद दिँदै नेपाली समाजमा ज्यापु समाजले पु¥याएको योगदानको कदर गरेका थिए। दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ।


सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, उर्जा, सिँचाई तथा जलश्रोत मन्त्री पम्फा भुषाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायतले सो भवनले बृद्धा अवस्थामा रहेका नेपाली नागरिकको उचित सेवा र सम्मान हुने धारण व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र ६, १८: १८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र ६, १८: १८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र ६, १८: १८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...