जनसम्पर्क समिति भारतबाट ५० महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुन्छ-उपसभापति निधी – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

जनसम्पर्क समिति भारतबाट ५० महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुन्छ-उपसभापति निधी


नयाँ बिकल्प ।

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको केन्द्रिय महाअधिबेसनमा नेपाली जनसम्पर्क समिति भारतलाई ५० जना महाधिवेशन प्रतिनिधि र निर्वाचनमा उम्मेद्बारी हुन पाउने गरि २ निर्वाचन क्षेत्र बराबरको मान्यता दिने बताएका छन् ।

भारत भ्रमणमा रहेका उपसभापति निधीले जनसम्पर्क समिति भारतले उठाएका मागलाई पुरा गर्न पार्टीमा निर्णय गराउन आफूले सहयोग गर्ने बताएका हुन् ।
भारतको महाराष्ट्र प्रदेशको राजधानी मुम्बईस्थित नेपाली जनसम्पर्क समिति भारतको केन्द्रीय कार्यालयमा आाइतबार आयोजित अन्तरक्रियामा नेता निधीले प्रबासबाट फर्किएका समितिका साथिहरुलाई तहगत रूपमा व्यवस्था मिलाउन पहल गर्ने जनाए।

अब हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रबासमा बसेका सबै नेपालीलाई सहभागी हुन अनुरोध गर्दै उपसभापति निधीले प्रबासबाट पार्टीका लागि गरेको योगदानको सम्मान गर्ने बताए। नेपाली जनसम्पर्क समितिले राखेका मागलाई सम्बोधन गर्ने आश्वासन निधीले दिएका थिए।

विशिष्ट अतिथि कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पान्डेले कार्यक्रमका प्रमुख अतिथि उपसभापति निधी समक्ष समितिका मागहरु राखेका थिए । नेता पाण्डेले दुताबासबाटै निर्वाचन परिचयपत्रको आधारमा निर्वाचनमा मत हाल्न पाउने अधिकार समितिलाई दिनु पर्ने माग गरे।

उनले बिधान र निर्देशिका बितरण गर्ने र कार्यलय मर्मतका लागि जिम्मेवारी दिने कार्य गरेको बताएका थिए। कार्यक्रममा अतिथिहरु महेन्द्र भुसाल, बिर्जेस त्रिपाठी, खगेन्द्र कुँवर, हर्कबहादुर सावद, खडकसिंह बम, बिराट श्रेष्ठ, सुनिता कुँवर, कृष्ण पाण्डे लगाएतले प्रवासमा बसेर पार्टीको लागि दिएको योगदानको चर्चा गरेका थिए। उदय खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन प्रेम पाण्डेले गरेका थिए।

सम्बन्धित समाचार

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०७८ भाद्र ६, २२: २३

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...

बागमती सफाइ अभियान जारी
बागमती सफाइ अभियान जारी
  • २०७८ भाद्र ६, २२: २३

काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
  • २०७८ भाद्र ६, २२: २३

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...