इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

इन्द्रावती ड्याम छेउमा निरन्तर पहिरो

नयाँ विकल्प,

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटमा ठूलो पहिरो गएको छ।

गए राति ९ बजे गएको पहिरोमा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए। अहिले पनि पहिरो निरन्तर खसिरहेकाले जोखिम रहेको जलविद्युत् आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिए।

निरन्तरको वर्षापछि आएको पहिरोले मेलम्ची भेताङग जोड्ने मोटरबाटोमा पनि क्षति पुगेको छ। यस क्षेत्रमा पैदल हिँड्न्समेत अति डरमर्दो अवस्था रहेको भुजेलले बताए। असार १ र त्यसपछिका बाढीपहिराले यस सडकमा यातायातका साधन चलेका छैनन्।

पहिरो ठूलो भएको, पुल बगाएको तथा जताततै सडक क्षति भएकाले मर्मतमा समस्या भएको गाउँपालिकाले जनाएको छ।

सम्बन्धित समाचार

रसुवा बाढीका कारण भएको क्षतिप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँद्वारा दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह
रसुवा बाढीका कारण भएको क्षतिप्रति कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँद्वारा दु:ख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह
  • २०७८ भाद्र ८, १०: ३६

हेटौंडा : चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवा र नुवाकोट लगायतका जिल्लामा पुगेको भौतिक तथा मानवीय क्षतिप्रति नेपाली कांग्रेस...

भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
भोटेकोशी बाढीले ४३१ मेगावाटभन्दा बढी विद्युत् उत्पादन प्रभावित
  • २०७८ भाद्र ८, १०: ३६

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन...

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ भाद्र ८, १०: ३६

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...