
हेटौंडा : चीनको तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवा र नुवाकोट लगायतका जिल्लामा पुगेको भौतिक तथा मानवीय क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ । दलका नेता इन्द्रबहादुर बानियाँले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।
बाढी तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेको जानकारी सरकारी संयन्त्र र स्थानीय बासिन्दाहरूबाट प्राप्त भइरहेको छ । यसै जोखिमलाई मध्यनजर गर्दै कांग्रेस संसदीय दलले धादिङ र चितवन लगायतका तल्लो तटीय क्षेत्रका जिल्लाका सरकारी संयन्त्र तथा नागरिक समुदायलाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ । साथै, विपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिकलाई सावधानी, संयमता र धैर्यता अपनाउन समेत दलले अनुरोध गरेको छ ।
बाढी प्रभावितहरूको तत्काल उद्धार, उपचार र राहत कार्यलाई व्यवस्थित बनाउन संघीय सरकार, बागमती प्रदेश सरकार र स्थानीय सरकारबीच एकीकृत पहल गर्न आवश्यक रहेको विज्ञप्तिमा औंल्याइएको छ । संघीय र स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै द्रुत गतिमा उद्धार तथा राहतका कार्यहरू अघि बढाउन कांग्रेस संसदीय दलले बागमती प्रदेश सरकारसमक्ष अपिल गरेको छ ।
यसैगरी, विपद् प्रभावित नागरिकहरूको तत्काल उद्धार र राहत कार्यमा सघाउन स्थानीय प्रशासनसँग निरन्तर समन्वयमा जुट्न बागमती प्रदेश सभाका सम्पूर्ण सदस्यहरू, राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवाला सबैमा हार्दिक आह्वान गरिएको छ ।

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । नुवाकोट र धादिङमा ७ जनाको शव...
काठमाडौं : रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ११ जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणको एक सौर्य आयोजनाको विद्युत् उत्पादन...