
नयाँ बिकल्प ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान विपरित भएको आरोप लगाएका छन्।
नेपाल महिला संघकी संस्थापक नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको अवसरमा नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले शोभा भगवतिमा आज आयोजन गरेको विशेष कार्यक्रममा नेता सिंहले यस्तो आरोप लगाएका हुन्।
स्वर्गीय नेतृ सिंहको प्रतिमामा माल्यार्पण गर्दै नेता सिंहले पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण नभएकाले समस्या देखिएकोमा चिन्ता व्यक्त गर्दै क्रियाशिल विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुंग्याउनु पर्नेमा जोड दिए।
‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धाँदली भएको छ। फाईनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ’, नेता सिंहले भने, ‘‘विधि प्रक्रियाअनुसार महाधिवेशन गर्नु पर्छ। पारदर्शी तरिकाले पार्टीलाई अगाडी बढाउनु पर्दछ।’
कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै उनले पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए।


क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधवारबाट जिल्ला सभापतिहरु समेत अनशन बस्दा नेतृत्वले ध्यान नदिन सिंहले बताए।
नेपाली कांग्रेस काठमाडौ जिल्ला सभापति सबुज बानियां पूर्वमन्त्री राजेन्द्र कुमार केसीलगायत नेता कार्यकर्ताको सो अवसरमा सभागिता थियो।


भिडियाे…
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...