प्राकृतिक विज्ञान संग्राहलय बन्दै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

प्राकृतिक विज्ञान संग्राहलय बन्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहयले एक विशेष कार्यक्रम गरी आफ्नो ४४ औं वार्षिक दिवस सम्पन्न ग¥यो । मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ ।

लामो समयदेखि जिवजन्तुका वारेमो अध्ययन एवं अनुसन्धान गर्दै आइरहेको संग्राहलयको वार्षिक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्राकृतिक विज्ञान संग्रहालयका त्रिवि मात्रै नभई मुलुककै गहना भएकोले यसको संरक्षण र सम्वद्धनका लागी त्रिवि प्रयत्नशील रहेको बताए ।

पुरानौ भौतिक संरचनामा अवस्थिति यस संग्राहलयको भौतिक पूर्वाधार विकास र यसको व्यापाक प्रचार÷प्रसार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले स्वयम्भू क्षेत्रको ऐतिहासिकतालाई मध्यनगर गरी संग्राहलय निर्माण गर्ने जानकारी दिए । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा रामप्रसाद खतिवडाले संग्रहालयको विकास र यसको उन्नयनमा आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । संग्रहालयको दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उनले आधुनिक भवन निर्माणको लागी कीर्तिपुरमा जग्गा समेत छुट्याइसकिएको जानकारी गराए ।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा.दिपक खड्काले स्वायत्ततामा गएर पनि संग्रहालयकोले भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण प्रगति हासिल गर्नसक्ने धारणा व्यक्त गरे । जिर्ण भौतिक पूर्वाधारले यसको गरिमा र महत्व खस्कन थालेको भन्दै व्यापक प्रचार गरी विभिन्न दातृ निकायहरुसँग सहकार्य गरी प्राकृतिक विज्ञान संग्रहालयको विकास गर्न सुझाव दिएका थिए ।

त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमलाले प्राकृतिक विविधताको संरक्षण र सम्वद्धन गर्दै आइरहेको प्राकृतिक विज्ञान संग्राहलयले विज्ञानका विद्यार्थीहरुको आर्कषण एवं अन्तराष्ट्रिय अनुसन्धानको महत्वपूर्ण हव वन्न सक्ने दृष्टिकोण व्यक्त गरे ।

कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख प्रा.डा धर्मराज डंगोलले संग्रहालयले पछिल्लो समयमा गर्दै आइरहेको सुधारका कामहरु र भविष्यमा अघि वढ्न वनाइएको योजना समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । प्राकृतिक स्रोतका नमुनाहरुलाई संरक्षित, संगहित र प्रदशैनी गर्ने उद्देश्यले निर्माण भएको यस संस्था वि.स २०३२ श्रावण २ गते स्थापना भएको हो । संग्रहालयका बैज्ञानिकहरुले प्र्रकृति सम्बन्धी विभिन्न अध्ययन÷अनुसन्धान गरिरहेका छन् ।

विभिन्न स्वदेशी–विदेशी संस्थाहरुसग मिलेर बन, कृषि, सिमसार क्षेत्रका वोटविरुवा, किटपतङ, सरिसृप, स्तनधारी प्राणीका बारेमा समेत अध्ययन÷अनुसन्धान गरिरहेको संग्राहलयका प्रमुख प्रा.डा डंगोलले जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ श्रावण ७, ०७: १४

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ श्रावण ७, ०७: १४

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ श्रावण ७, ०७: १४

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...