
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले आगामी तिनै तहका निर्बाचनमा पार्टीको नेतृत्वमा सुबिधाजनक बहुमतको सरकार निर्माणलागि पनि हाल भइरको पार्टीको स्थानीय तहको अधिबेशनहरुमा नेतृत्व चयन गर्दा सहमति र समझदारीको आधारमा हुनु पर्नेमा जोड दिएका छन्।
पार्टीले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित क्रियाशिल सदस्यता छानबिन केन्द्रीय समितिको प्रतिवेदन र बिबाद देखिएका केही जिल्ला, क्षेत्र र वडाको सहमतिको आधारमा समाधान गर्न कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले दिएको सुझावको अधारमा ५६ जिल्लाका क्रियाशिल सदस्यहरुको नाम फाइनल भएपछि हाल वडा अधिवेशन धमाधम भइरहेका छन्।
पार्टीले तय गरेको कार्यतालिका अनुसार भदौ १८ गते सबै वडाको अधिवेशन गर्ने भनिए पनि जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिको आधारमा एक देखि ४ दिनसम्मको समयसीमा राखेर वडा अधिवेशन भइरहेका छन्।
वडा अधिवेशन भएका अधिकांस वडाको कार्यसमिति र क्षेत्रिय प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भए पनि केही वडामा आकांक्षीहरु दुई भन्दा बढी भएपछि निर्वाचनको प्रक्रियाबाट नेतृत्व चयन भएका छन्।
यसै सदन्र्भमा केन्द्रीय सदस्य गिरीले कांग्रेसको नेतृत्वमा जारी भएको नेपालको संविधानले अबलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकासमा ठोस योगदान पुर्याउन तिनै तहको निर्बाचन समेत सम्पन्न गरेको नेपाली कांग्रेसले आफ्नो महान र ऐतिहासिक १४ महाधिवेशन सम्पन्न गर्दै गर्दा सहमतिबाटै सकारात्मक सन्देश संचार गर्नु पर्नेमा जोड दिएका छन्।
नेता गिरीले पार्टी संगठनको सातै तह गाउँ नगर वडा,गाउँपालिका नगरपालिका, प्रदेश निर्वाचन क्षेत्रिय, प्रतिनिधि सभा निर्बाचन क्षेत्रीय, जिल्ला र सात प्रदेश समितिको अधिवेशन सहमति र समझादारीको आधारमा सम्पन्न भएमा पार्टी एकताको बलियो र सबल सन्देश प्रवाह हुने र एकताकै बलमा सबल कांग्रेस निर्माण हुने दाबी गरेका छन्।
स्थानीय, क्षेत्रिय, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशन पूर्ण रुपमा लोकतान्त्रिक, समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा सम्पन्न हुँदै गर्दा यथासंभव सबै तहका अधिबेशनहरु संबाद, सहमति र समझदारी आधारमा सम्पन्न गर्न आग्रह गर्दै नेता गिरीले आगामी सहमतिको विकल्पमा अत्यन्तै हार्दिकता, आत्मीयता र सौहार्दताका साथ लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्नु पर्नेमा जोड दिएका छन्।
अधिबेशन पछि पनि पार्टी संगठन र आम कार्यकर्ताबीच हार्दिकता र सौहार्दताको निरन्तर बिकास गर्नु पर्ने भन्दै गिरीले कांग्रेसको ऐतिहासिक १४औं महाधिवेशन पश्चात बलियो कांग्रेस, समृद्ध देश निर्माण गर्ने दायित्व र जिम्मेवारी नेपाली कांग्रेसका हामी सबै तह र तप्काका नेता एबम् कार्यकर्ताको भएको बताएका छन्।
आ आफ्नो दायित्व, भूमिका र जिम्मेवारी सबैले इमान्दारीता पुर्बक पालना गरेर कांग्रेसलाई जनमुखि पार्टीको रुपमा बिकास गरी मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाई समृद्ध मुलुक बनाउने अभिभारा पुरा गर्न गिरीले अपिल गरेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...