
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अर्को राजनीतिक उथलपुथल नभए आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। पार्टीको कार्यकारी नेतृत्व सभापति हुने भएकाले हालसम्म करिब आधा दर्जनले पार्टी सभापतिमा उम्मेदवारी दिने गृहकार्य गरिरहेका छन् ।
कतिपय सभापतिको आकांक्षी र चाहना राख्नेहरुको अडान उपसभापति र महामन्त्रीमा गएर चित्त बुझाउने रणनीति भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
पार्टी सभापतिमा उम्मेदवारी दिएर चुनाव नै जित्न सितिमिति जो कोहीको लागि महाभारत वा फलामको चिउरा चपाउनु सरह हो । त्यसैले होला, दोश्रो पुस्ताव वा युवा पुस्ताका नेताहरुले महामन्त्री पदमा आँखा लगाएका छन्। पार्टीको सभापति पछि सबैभन्दा शक्तिशाली र कार्यकारी व्यवस्थापकिय जिम्मेवारी र अधिकार महामन्त्रीमा भएकै कारण दोश्रो पुस्ता वा युवा पुस्ताको योजना यतिवेला महामन्त्रीमा उम्मेदवार भएर पार्टीमा शक्ति आर्जन गर्ने ।
पार्टीमा शक्ति आर्जनको बलियो स्रोत भन्ने कुरा विगत तीन दशकको इतिहासबाट पनि देख्न सकिन्छ। त्यसैले यतिवेला पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरिरहेको संस्थापन पक्षमा पनि ६ जनाभन्दा बढी नेताहरु महामन्त्रीको शसक्त दाबेदारको रुपमा देखा परेका छन् । संस्थापन इत्तर समूहको नेतृत्व लिइरहेका पार्टी पूर्वउपसभपाति रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालालाई पनि महामन्त्रीका आकांक्षीलाई व्यवस्था गर्नु फलामको चिउरा बराबर छ ।
सभापति देउवालाई लामो समयदेखि साथ दिँदै आएका नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व लिइसकेका गृहमन्त्री बालकृष्ण खाँण महामन्त्रीका बलियो दाबेदार हुन् । पार्टीको १३औं महाधिवेशनमा नै महामन्त्रीका आकांक्षी बनेका खाँडलाई पन्छाएर सभापति देउवाले तत्कालिना पार्टीको संस्थापन पक्ष त्यागेर आफूसँग आएका अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाएका थिए ।
एक पद महामन्त्री मनोनयनको व्यवस्था पनि खुमबहादुर खड्काको समूहका शसक्त नेता पूर्णबहादुर खड्कालाई अवसर दिइएको थियो । देउवाले महामन्त्रीमा समेत डा. प्रकाशशरण महतलाई मनोनित गरेपछि चिढिएका खाँणलाई सभापति देउवाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएर फकाउने प्रयास गरेका थिए ।
गत असार २९ गते आफूले प्रधानमन्त्री पदको जिम्मेवारी लिएपछि देउवाले उनै खाँणलाई सरकारको महत्वपूर्ण अंग मानिएको गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएर खाँडलाई थुम थुम्याएका थिए । गृह मन्त्रीको जिम्मेवारी पाउँदैमा आफूले महामन्त्रीको दाबेदारी नछोडेको खाँणले आफू निकटलाई भन्ने गरेका छन् । उनले पौडेल–कोइराला समूहबाट उठ्ने सम्भावित महामन्त्रीका उम्मेदवारलाई पराजित गर्न सक्ने संगठनात्मक शक्ति आफूसँग मात्र भएको दाबी गर्दै आएका छन् ।
सभापति देउवाकै समूहका विश्वास पात्र हुन, ज्ञानेन्द्रबहादुर कार्की । उनी देउवा समूहका नेता विमलेन्द्र निधीले साथ डाडेपछि सबैभन्दा सिनियर आफू नै भएको दाबी गर्दै आएका छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका कार्की प्रधानमन्त्री देउवा पत्नी डा. आरजु राणाका नाताले ज्वाईँ हुन् । सभापति देउवाको सबै जसो लोकप्रीय वा अलोकप्रीय हुन अथवा बिबादस्पद निर्णय र कार्य त्यसको पनि बिरोध र असहमति नराखी साथ दिँदै आएका कार्कीले आफूलाई देउवाको सबैभन्दा बिश्वासिलो नेताको रुपमा लिँदै आएका छन् ।
देउवाका अर्का विश्वास पात्र पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत सभापति देउवाको हरेक दमममा प्रतिबद्ध भएर उभिने नेता हुन् । त्यसैले डा. महतलाई देउवाले सहमहामन्त्रीमा मनोनित गरेर आफ्नो समर्थ र साथ कता छ भनेर संकेत देखाई सकेका छन् । उनी मुलुकको अर्थतन्त्र सुदृढ गर्न, अन्तराष्ट्रिय सम्बन सुदृढ गरी स्वदेशमा लगानी भित्र्याउन सक्ने र संगठन हाँक्न सक्ने क्षमता आफूसँग भएको दाबी गर्दै आएका छन् । देउवालाई सदाबहार साथ दिँदै आएका डा. महत देउवाको समूहबाट आगामी महामन्त्रीका लागि सबैभन्दा बलियो उम्मेदवार हुन् ।
देउवा समूहबाट महामन्त्रीको अर्को कडा दाबेदार हुन–विश्वप्रकाश शर्मा । उनी आफूलाई सभापति देउवालाई महामन्त्रीको उम्मेदवारमा औपचारिक रुपमा साथ नदिए उपसभापति बिमलेन्द्र निधी वा संस्थापन पक्षको डा. शशांक गुटमा जान सक्छन् । उनले युवाहरुको छुट्टै समूह बनाएर बेग्लै प्यानल घोषणा समेत गर्न सक्छन् । तर, सभापति देउवा आफूलाई १३औं महाधिवेशनमा साथ दिएका नेतालाई एक पछि अर्को गर्दै टाढा गराउने वा अन्य गुटमा जान नदिने पक्षमा छन् ।
सभापति देउवालाई सर्त राखेर नघुक्र्याउने तर आफूलाई १३औं महाधिवेशनदेखि महामन्त्री, सहमहामन्त्री वा प्रवक्ता केही पनि नदिएको भन्दै सभापति देउवासँग गुनासो गरिरहेका एनपी साउद महामन्त्रीको अर्को दाबेदार हुन् । तर, सभपाति देउवा आफ्नो विश्वास पात्र भए पनि भूगोलको दृष्टिकोणले एउटै प्रदेश सुदूरपश्चिमको भएकाले उनलाई अन्य कुनै पद वा अवसर दिएर साउदलाई फकाउने पक्षमा छन् ।
उता पौडेल पक्षमा पनि गत १३औं महाधिवेशनमा संस्थापन पक्षबाट बिद्रोह गरेर तेश्रो समुह खडा गरी प्यानल खडा गरेका कृष्णप्रसाद सिटौलाको पक्षबाट महामन्त्री बनेका युवा नेता गगन थापा यो पटक पनि महामन्त्रीको उम्मेदवार हुने तरखरमा छन् । उनले यो महाधिवेशनमा सिटौला समूह परित्याग गरी पौडेल–कोइराला समूहबाट महामन्त्री बन्न खोजको छन् ।
वाक पटुताका धनी थापालाई आफ्नो पक्षको महामन्त्री बनाउन पाए सभापतिमा जित्न सजिलो हुने आंकलन रामचन्द्र पौडेल, डा. शेखर कोइराला तथा प्रकाशमान सिंहले गरेका छन् । थापा यतिवेला पौडेल र शेखरसँग नजिक छन् । उनी आफूलाई महामन्त्री नदिए पौडेल कोइराला समुहबाट बिद्रोह गरी जुन गुट वा समूहमा पनि लाग्न सक्छन् ।
संस्थापनइत्तर पक्षका अर्का शसक्त उम्मेदवार हुन, डा. मिनेन्द्र प्रसाद रिजाल । नेपाल विद्यार्थी संघबाट राजनीति गरेका डा. रिजाललाई महामन्त्रीको लागि डा. शशांकले जोरबल गरेका छन् । डा.रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउन सकेमा आफूलाई सजिलो हुने भन्दै पौडेलले पनि आफ्नो संकेत गरिसेका छन् ।
यस्तै, यो समूहबाट तीन दशकदेखि पार्टी केन्द्रीय सदस्य भएका बलबहादुर केसी यो पटक आफूलाई महामन्त्री कुनै पनि हालतमा दिन पर्ने भन्ने पक्षमा छन् । केसी पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको विश्वास पात्र मात्र होइन, २०३६ सालको विद्यार्थी संघर्ष र जनमत संग्रहका शसक्त लडाकु पनि हुन् ।
यो समूहबाट अर्का केन्द्रीय सदस्य नेपाल तरुण दलका पूर्वअध्यक्ष तथा नेविसंघका पूर्वअध्यक्ष धनराज गुरुङ महामन्त्रीका शसक्त दाबेदार हुन् । पौडेल समूहबाट महामन्त्री नै ताकेका डा.चन्द्र भण्डारीलाई भने उपसभापतिमा व्यवस्थापन गर्न सकिन्छ कि भनेर गृहकार्य समेत भएको छ । तर अन्य सभापतिका आकांक्षीलाई व्यवस्थापन गर्नु पर्ने हुँदा नेविसंघका पूर्वमहामन्त्री भण्डारी पनि महामन्त्रीका सशक्त दाबेदार हुन् ।
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल...