
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला मात्र होइन, निर्वाचन क्षेत्र समेत रहेको कमल गाउँपालिकामा सत्तारुढ नेपाली कांग्रेसका नेताहरुमा गाउँ अधिवेशनको चलहपहल तीब्र हुन थालेको छ।
तीन दशक लामो समयदेखि कांग्रेसका राजनीतिमा सक्रिय बुद्धिराज न्यौपाने कमल गाउँपालिका क्षेत्रका हरेक समुदायका व्यक्तिदेखि पार्टीका कार्यकर्तामाझ पनि लोकप्रीय छन्। २०४३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका न्यौपाने २०५६ सालमा नेविसंघ झापाको कोषाध्यक्ष भएका थिए।
पंचायतकालदेखि माओबादीको शसस्त्र द्वन्द्वको समयमा समेत आफ्नो क्षेत्र नछाडी गाउँका दैवी विपत्ति, दुर्घटना वा समस्यामा परेका दीन दुखीको सेवामा समर्पीत भएकै कारण न्यौपाने कमल गाउँपालिकामा कांग्रेसी कार्यकर्तामाझ चर्चित र लोकप्रीय पनि छन्।
२०५६ सालमा तत्कालिन तोपगाछी गाउँपालिकाको इकाइ सभापति भएका न्यौपाने पार्टीमा दुःख पाएकालाई माया र सहयोग तथा ज्येष्ठ र बरिष्ठ नेतालाई सम्मान दिने कार्यशैली अपनाउँदै आएका छन्। साविकको तोपगाछी र हालको कमल गाउँपालिका वडा नं १ ढ्याँग्रीका स्थायी वासिन्दा न्यौपानेले स्थानीय बाढीपीडित र कोरोना संक्रमणबाट समस्यामा परेका स्थानीयलाई सहयोग गरेर मन जित्न सफल भएका छन्।
राजनीतिलाई कमाइ खाने भाँडो बनाउनु हुन्न भन्ने मान्यता राख्ने न्यौपाने राजनीतिलाई सेवामुखि बनाउन पार्टीका हरेक कार्यकर्ता स्वाभिमानी र स्वाबलम्बन बन्न पेश र व्यवसायमा पनि हात हाल्नु पर्ने बताउँछन्। न्याैपानेले स्थानीय अार्थिक अवस्था कमजाेर भएका गरीव तर जेहेन्दार विद्यार्थीलाइ विभिन्न सामाजिक संघ संस्थामार्फत शाैक्षिक सामग्री वितरणा र छात्रबृत्तिकाे समेत प्रबन्ध गरेका छन्।
विभिन्न व्यसायमा हात हालेका न्यौपाने हाल स्वर्गीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा स्थापना भएको जीपी फाउण्डेसनको जिल्ला अध्यक्ष पनि छन्। उनले विभिन्न सामाजिक संघ संगठन र फाउण्डेसनमार्फत स्थानीय र जिल्लाबासीलाई समेत सहयोग गरेका छन्।
कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा सचिवालयमा बसेर अनुभव समेटेका न्यौपाने जिल्ला वा केन्द्रको राजनीतिमा आँखा नलगाएर स्थानीय कार्यकर्ताकै सेवा गरेर पार्टीलाई पाँच बर्षभित्रमा सबैभन्दा बलियो बनाएर देखाउने प्रतिवद्धताका साथ अघि चुनावी मैदानमा होमिएका छन्।
साविकको तोपगाछी र लखनपुर गाउँबिकास समिति मिलेर बनेको कमल गाउँपालिकामा कांग्रेसको तर्फबाट सभापतिको आकांक्षीको रुपमा राजकुमार न्यौपाने, प्रमोद दाहाल र खगेन भण्डारी देखिए पनि बुद्धीराज न्यौपानेको अघि अन्य उम्मेदवार कमजोर भएका कांग्रेसका क्षेत्रिय प्रतिनिधिहरुको बुझाई छ।
पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्मासँगै राजनीति गरेर न्यौपानेलाई पार्टीको सबै गुट र समूहका नेताले विश्वास गरेका छन्। उनले आफू कुन गुटको समर्थनमा उम्मेदवार बन्न लागेको भन्ने प्रश्नमा स्थानीय तहको अधिवेशनमा पार्टीको गुटको सहारा जरुरी नहुने भन्दै आफूले सबै बिचार समूहका क्षेत्रिय प्रतिनिधिले विश्वास गरेको दाबी गरे।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...