
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको भ्रातृ संस्था अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्षमा पञ्चा सिंहलाई चयन भएकी छन् । ९६ सदस्यीय क्रान्तिकारीका पदाधिकारी र सदस्यको जिम्मेवारी आइतबारदेखि नै तोकिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्राक्तिकारीका नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्ष तोकिएको हो । पार्टी स्थायी समितिले दिएको अधिकारअनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए।
क्रान्तिकारीको अध्यक्षमा दाबी गरिरहेका क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेत र सिंहमध्ये सिंहलाई अध्यक्ष बनाएपछि बस्नेतलाई पार्टी केन्द्रीय कमिटीमा ल्याउने आश्वासन प्रचण्डले दिएको बुझिएको छ । सिंह अर्थमन्त्री जनार्दन शर्मा निकटका हुन भने बस्नेत वर्तमान अध्यक्ष रञ्जित तामाङ र नेता वर्षमान पुन निकटका हुन्।
क्रान्तिकारीको जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गरिको हो । उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी छन्।
सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा भूमिगत भएकी थिइन् । १४ वर्षको उमेरमा माओबादीमा प्रवेश गर्दा करिव ६ महिना कलाकारको टिममा रहेकी उनी पछि विद्यार्थी संगठनमा आबद्ध भएकी थिइन् ।
०५९ मा जुम्ला जिल्ला कोषाध्यक्ष हुँदै ०६२ मा जुम्ला र कालीकोट जिल्ला अध्यक्षको जिम्मेवारी पाएकी सिंह १७औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन । उनी ०६५ मा भेरी–कर्णालीको संयोजक थिइन् । अखिल क्रान्तिकारीको २१औं महाधिवेशनमा उनी सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्षमै निवाचित भएकी थिइन्।
सिंह क्रान्तिकारीको अध्यक्ष भएसँगै अध्यक्षका दाबेदार झापाका सुरेन्द्र बस्नेतसहित तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य हुने भएका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...