प्रहरीमा सेवा गरेवापत प्राप्त सबै पेन्सन प्रहरीका सन्तानलाई दिने घोषणा – Naya Bikalpa
May 13, 2024, Monday
दानबीर नै कहलिए पूर्वआइजीपी खरेल

प्रहरीमा सेवा गरेवापत प्राप्त सबै पेन्सन प्रहरीका सन्तानलाई दिने घोषणा



काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) अच्युतकृष्ण खरेलले राज्यकोषबाट आफूलाई प्राप्त सम्पूर्ण पेन्सन रकम प्रहरी संगठनमै खर्च गर्ने घोषणा गरेका छन्।


प्रहरी दिवसको अवसरमा बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित बिशेष समारोहमा पूर्वआईजीपी खरेलले यस्तो घोषणा गरेका हुन्। पूर्वआईजीपी खरेलले गत बर्ष प्रहरी दिवसकै अवसर पारेर अच्युत–मीना अमर प्रहरी पुरस्कार दुई जना अमर प्रहरीका जेहन्दार सन्तानलाई जनही बार्षिक ५१ हजारका दरले प्रदान गर्ने घोषणा गरेका थिए।

अमर प्रहरीकै एक छोरा र एक छोरीलाई पनि जनही बार्षिक ३० हजारको छात्रवृत्ति प्रदान गर्दै आएका थिए। बुधबार पूर्वआईजीपी खरेलले कर्तब्य पालनको सिलसिलामा अशक्त बिरामी मध्ये दुई सिपाही, दुई हवल्दार, एक प्रहरी सहायक निरिक्षक (एएसआई), एक जना प्रहरी नायव निरिक्षक (एसआई) र सिनियर अधिकृतमध्येबाट एक जनालाई उपचार खर्च स्वरुप जनही ५ हजार मासिक उपलब्ध गराउने घोषणा गरेका छन्।


२०५७ सालमा तत्कालिन बिद्रोही माओबादीले डोल्पा सदरमुकाम दुनै आक्रमण गर्दा नजिकै रहेको नेपाली सेनाको युनिटले असहयोग गरेको भन्दै तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग गुनासो गर्दा तत्कालिन प्रधानसेनापति प्रज्जवल सम्शेर जबरा र तत्कालिन राजा बीरेन्द्रको दबाबमा उनले राजिनामा दिएका थिए।


प्रहरी सेवामा अपराध र हिंसा नियन्त्रणमा जस्तोसुकै चुनौतिलाई सामना गर्ने पूर्वआईजीपी खरेलको नेतृत्व क्षमता र योग्यताबाट प्रहरीका अधिकृत र जवानहरु नतमस्तक हुन्थै। राजनीतिक दबाब र प्रभावलाई सहजै सामना गर्ने खरेलका सन्तान आयुष र चाँदनीले बाबुको अवसानपछि पनि ११ लाखको अक्षयकोष स्थापना गरी हाल दिँदै आएको छात्रवृत्ती कार्यलाई निरन्तरता दिने घोषणा गरिसकेका छन्।

सम्बन्धित समाचार

औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
औद्योगिक व्यापार मेला सम्पन्नः करिव आठ करोडको कारोबार
  • २०७८ आश्विन २०, १७: ५३

काठमाडौं। नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना...

जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
जिम्मेवारी पन्छाउने शिक्षामन्त्री सुमनाप्रति सांसदको आक्रोसः टालटुले हुन्न, प्रष्ट जवाफ चाहिन्छ
  • २०७८ आश्विन २०, १७: ५३

काठमाडौं। छात्रवृत्तिमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि छनोटमा परेर सिफारिस भएका विद्यार्थीको नाम परिवर्तनको विषयमा स्पष्ट जवाफ दिन नचाहने शिक्षा, विज्ञान...

छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
छात्रवृत्तिमा एमबीबीएस पढ्न बङ्गलादेशमा जाने १० विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम
  • २०७८ आश्विन २०, १७: ५३

काठमाडौँ। बङ्गलादेशमा छात्रवृत्तिमा मेडिकल शिक्षा पढ्नको लागि चिकित्सा शिक्षा आयोगले सिफारिसमा परेका विद्यार्थीको नाम काटेर अज्ञात व्यक्तिको नाम पठाइएको फेला...