ओलीले हिजो अदालतमा सेटिङ गरेकाले अहिले यो स्थिति आएको हो : रामचन्द्र पौडेल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ओलीले हिजो अदालतमा सेटिङ गरेकाले अहिले यो स्थिति आएको हो : रामचन्द्र पौडेल

नयाँ विकल्प,

धनुषा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको बताएका छन् ।


मुलुकमा अहिले असहज स्थिति देखिएको आइतबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले बताएका हुन् ।


उनेले भने, ’संसद राम्रोसँग चल्न सकेन ,लोकतान्त्रिक संस्थाहरु एक–एक गरेर कमजोर भइरहेको छ, एकातिर अदालतको त्यो अवस्था छ ।’

सबैभन्दा अन्तिम आश्रयस्थलका रुपमा रहेको सर्वोच्च अदालतमा गम्भीर विवाद चलिरहेको पौडेलको भनाइ छ ।

अदालतको समस्या समाधानका लागि अब निर्णय लिने बेला भइसकेको पौडेलले बताए ।


प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै चार न्यायाधीशमाथि पनि कारबाही हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको माग गलत भएको पौडेलले बताए ।

ओलीले हिजो अदालतमा सेटिङ गरेको भन्दै अहिले त्यो देखिन थालेको उनले बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक १४, २१: ३१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ कार्तिक १४, २१: ३१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक १४, २१: ३१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...