हिमाल आरोहण गर्न आएका तीन जना फ्रान्सेली नागरिक बेपत्ता, खोजी कार्य जारी – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

हिमाल आरोहण गर्न आएका तीन जना फ्रान्सेली नागरिक बेपत्ता, खोजी कार्य जारी

साेलु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा रहेको खाङतेका हिमाल आरोहणमा आएका तीन फ्रान्सेली नागरिकहरु बेपता भएका छन् । हिमाल आरोहणमा आएका ती नागरिकहरु विगत ६ दिनदेखि बेपत्ता भएको स्रोतले बताएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार थोमल, गाब्रियल र लुइस नामका फ्रान्सेली नागरिक बेपत्ता भएका हुन् । प्रहरी नायब उपरिक्षक कवित कटवालले भने, ‘फ्रान्सेली सहित आठ जनाको समूह होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडीशन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका थिए । उनीहरु तीन जना कात्तिक ९ गतेदेखि सम्पर्कविहीन बनेका हुन् । खोजीकार्य जारी रहेको छ ।’

यता होलिडे ट्रेक्स एण्ड एक्सपिडीशनका अनुसार एउटै समुहमा गएका मध्यबाट पाँच जना सम्पर्कमा आइसकेका छन् । बेपत्ताहरुको खोजीकार्यका लागि हिजो (सोमबार– कात्तिक १५ गते) देखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०७८ कार्तिक १६, ११: १७

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ कार्तिक १६, ११: १७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ कार्तिक १६, ११: १७

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...