छिमेकी देशलाई बिजुली बेच्ने बाटो खुल्यो: मन्त्री भुसाल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

छिमेकी देशलाई बिजुली बेच्ने बाटो खुल्यो: मन्त्री भुसाल

नयाँ विकल्प,

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बङ्गलादेशलगायतका छिमेकी देशहरुलाई बिजुली बेच्ने बाटो खुलेको बताएकी छन् ।

आइतवार मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बङ्गलादेशसँग सकारात्मक ढङ्गले कुरा अघि बढिरहेको बताइन् ।

उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन्।

मन्त्री भुसालले जलविद्युत् क्रमशः बढ्दै गएकाले आन्तरिक खपत बढाउनुपर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जाहरुलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् ।

उनले नेपाल कृषिप्रधान देश भएकाले सतह सिँचाइ, ग्राउन्ड वाटर वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने बताइन् ।

मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत् दिन सक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक २१, २०: २४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ कार्तिक २१, २०: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक २१, २०: २४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...