बेपत्ता आरोही खोजिका लागि तालिम प्राप्त टोली परिचालित – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बेपत्ता आरोही खोजिका लागि तालिम प्राप्त टोली परिचालित

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजिका लागि तालिम प्राप्त टोली खटेको छ । कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा १३ दिनदेखि बेपता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खेटेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको हो । मौसम प्रतिकुलताका कारण टोलीले आइतबार खोजी कार्य सुरु गर्न सकेन । आज (सोमबार, कार्तिक २२) टोलीले खोजी कार्यमा तीव्रता दिएको प्रहरी निरीक्षक ऋषिराज ढकाले जानकारी दिए ।

माउन्ट खाङतेगा हिमाल आरोहणका लागि असोज १८ गते आठजनाको टोली होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिमार्फत लुक्ला आएका थिए । तीमध्य थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिक बेपत्ता भएका हुन् ।

सम्बन्धित समाचार

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७८ कार्तिक २२, १२: ५०

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०७८ कार्तिक २२, १२: ५०

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ कार्तिक २२, १२: ५०

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...