
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणमा जादैछन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा मङगलबार नयाँ दिल्ली प्रस्थान गर्नुहुनेछ । कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा हुनेछन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्मालाई भ्रमणका लागि सेनाको एक टुकडीले बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम रहेको पनि जनाएको छ । यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।
शैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विसं २०२६ सालमा नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई पहिलो पटक भारतीय सेनको मानार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको छ । २०२६ बाटै एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा नेपाल र भारतबीच रेहेको बताएको हो ।
प्रधानसेनापति शर्माले भ्रमणका क्रममा समकक्षी जनरल नरवणे तथा भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।
काठमाडौँ : प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक...
काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले सभापति गगनकुमार थापालाई राजीनामा नदिइ नयाँ जनादेशअनुसार पार्टी संगठनमा लाग्न आग्रह गरेका...
काठमाडौं : यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम...