
नयाँ विकल्प,
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर तीन र तीन रुपैयाँले बढाएको छ ।
यो मूल्यवृद्धिसँगै अब पेट्रोल प्रति लिटर एक सय ३६, डिजलरमट्टीतेल एक सय १९ रुपैयाँ पुगेको छ ।
यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ ।
प्रति सिलिन्डर ७५ रुपैयाँ बढेर अब एक हजार पाँच सय ७५ रुपैयाँ पुगेको छ ।
हवाई इन्धनको मूल्य आन्तरिक र बाह्य दुवैतर्फ प्रति लिटर पाँच रुपैयाँले बढेको निगमले जनाएको छ ।
विज्ञप्तिमा अब आन्तरिक हवाई इन्धनको नयाँ मूल्य एक सय नौ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर आठ सय ९५ अमेरिकी डलर पुगेको उल्लेख गरिएको छ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ ५८ पैसा, डिजलमा प्रतिलिटर १३ रुपैयाँ १४ पैसा तथा एलपी ग्यासमा प्रति सिलिन्डर ६ सय ५७ रुपैयाँ ८४ पैसा घाटा रही १५ दिनमा पेट्रोलमा झन्डै ६१ करोड २५ लाख, डिजलमा झन्डै ९७ करोड ३६ लाख तथा एलपी ग्यासमा झन्डै एक अर्ब ११ करोड १७ लाख घाटा नै रही समग्रमा निगमलाई १५ दिनमा झन्डै दुई अर्ब ६२ करोड घाटा हुने विज्ञप्तिमार्फत जानकारी निगमले दिएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...