
काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीको उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औं महाधिवेशनमा आचार्यले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
मंसिर २४–२६ सम्म हुने महाधिवेशनमा उपसभापतिको नेतृत्वमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् पार्टीमा वैचारिक बहस चलाउन आफूले उम्मेदवारी दिने तयारी गरेको नेता आचार्यले जानकारी दिए ।
पदाधिकारीमा चुनाव जित्न पार्टीभित्रै अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको र त्यसले अन्ततः पार्टीलाई नै कमजोर बनाउने गरेको नेता आचार्यको भनाइ छ ।आचार्य कांग्रेसभित्र वैचारिक र निष्ठावान् नेताका रुपमा चिनिन्छन् ।
गिरिजाप्रसाद कोइराला नेतृत्वको पहिलो सरकारमा अर्थराज्यमन्त्री बनेका आचार्य २०५६ सालमा कृष्णप्रसाद भट्टराईको सरकारमा अर्थमन्त्री थिए । सुशील कोइराला नेतृत्वको सरकारमा आचार्य वन मन्त्री बनेका थिए ।
मोरङबाट पटक पटक संसदीय निर्वाचन जित्दै आएका उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...