नेपाली महिला क्रिकेट टोलीले टी–२० शृङ्खलामा कतारसँग गर्‍यो क्लिन स्वीपु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेपाली महिला क्रिकेट टोलीले टी–२० शृङ्खलामा कतारसँग गर्‍यो क्लिन स्वीपु

नयाँ विकल्प,

काठमाडौं – दोहाको वेस्ट इन्ड पार्क स्टेडियममा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला क्लिन स्वीपु गरेको छ ।

बिहीवार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई एक सय नौ रनले हराउँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो । आज नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा सात गुमाएर ५५ रनमात्रै बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि सीता राना मगरले नटआउट ८२ रन बनाइन् । यो प्रतियोगिताका तीन वटै खेलमा नेपाली खेलाडीले अर्धशतक बनाएका छन् ।

यसअघि पहिलो खेलमा इन्दु वर्माले र दोस्रो खेलमा कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएका थिए । अब नेपाली टोली टी–२० विश्व कप छनोट खेल्न सिधै यूएई जानेछ ।

छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २, २१: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २, २१: ०४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २, २१: ०४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...