
नयाँ विकल्प,
काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनोट भइरहेका ठाउँमा सकेसम्म सर्वसम्मतको प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
आइतवार सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनोटको सम्बन्धमा हाररजितको भन्दा पनि सर्वसम्मत चयनको बाटो रोज्नु उपयुक्त हुने बताए ।
उनले वडा, क्षेत्र, जिल्ला र प्रदेश सबै तहमा सर्वसम्मतको प्रयास सफल भए केन्द्रीय प्रतिनिधि छनोटमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।
पार्टीभित्रको आन्तरिक चुनावमा कडा प्रतिष्पर्धा भए आफ्नै पार्टीभित्रका नेता तथा कार्यकर्तामा द्वन्द्व हुनाका साथै आउने चुनावमा पार्टीलाई समेत घाटा हुुने भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तालाई सचेत गराए ।
उनले आफू सर्वसम्मतको पक्षमा रहेको भन्दै कांग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानुको विकल्प नभएको बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...