
काठमाडौं । नेकपा एमालेको महाधिवेशनबारे सम्पादकहरुसंगको अन्तरक्रिया कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफुलाई चुनौती नदिएको बताएका छन् ।
अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिपस्र्धा गर्न पाइने भन्दै रावलजीको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताए । उनले भने, ‘रावलजीले स्नेहपूर्ण अध्यक्षमा म उठ्छु भन्नु भएको छ । मलाई सहयोग गर्नुसे भन्नुभएको छ । यसबाट म प्रभावित भएको छु ।’
त्यस्तै कार्यक्रममा अध्यक्ष ओलीले आफु उठ्ने नउठ्ने कुनै निर्णय नभएको र उठ्ने भएपनि लोकतन्त्रमा तँ नउठ, मलाई चुनौति नदेउ भनेर दवाव दिन नमिल्ने बताए । र अरुलाई तँ नउठ् भनेर कुनै त्यस्तो दवाव पनि नदिने बताए ।
ओलीले लोकतन्त्रमा मन पराएको यो उ भन्दा पनि उपाअध्यक्षमा निर्वाचनबाट जो बढी भोट ल्याएर आउँछ वा निर्विरोध हुन्छ उही हुने बताए ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...