
नयाँ विकल्प,
कपिलवस्तु – कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको शिवराज नगरपालिका १ मा बसको ठक्करबाट स्थानीय १८ वर्षीय सन्तोष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले बनवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका पुनलाई ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए ।
बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...