
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्ग्याउन नचाहेको आरोप लगाएका छन् ।
पार्टीको दशौँ महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार गर्न र समस्यामा परेकाहरुको समस्या समाधान गर्न माओवादी पञ्चिएका आरोप लगाएका हुन्।
यस्तै महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्वलडाकुलाई पार्टीमा प्रवेश गराउने तयारी रहेको समेत जिकीर गरे ।
‘ अहिले पनि शान्ति प्रक्रिया किन टुङ्गो लगाउनु हुन्न उहाँहरु रु उहाँहरू टुङ्गो लगाउनु हुन्न । किन घाइतेहरूको बन्दोबस्त गर्नु हुन्न ? जेलमा रहेका झुटा मुद्दाहरु किन खारेज गर्नु हुन्न ? किन घाइतेको उपचार हुँदैन ? किन बर्हिगमित लडाकुहरुको व्यवस्थापन हुँदैन ? किन हुँदैन ? अनि मन परेका मान्छेलाई १०–१० हजार रुपैयाँ बाँडेर यो समस्याको समाधान हुन्छ ?घाइतेलाई उपचार गर्नुस्, समस्यामा परेकाको समस्या हेर्नुस् । हिजो घरबारविहीन भएका, अङ्गभङ्ग भएकाहरुलाई रोजगारी दिनुस् । तपाईँ सरकारमा हुनुहुन्छ, हिजो सरकारले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् । पूर्वलडाकुहरु नेकपा एमाले प्रवेश गर्दै हुनुहुन्छ ।’
अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट उच्चस्तरको सहमति र लोकतान्त्रिक प्रक्रियाका साथ नेतृत्व चयन गर्ने बताए
। महाधिवेशनको बन्द सत्रले एमाले पार्टी मात्रै नभइ पाँच वर्षका लागि देशलाई नै बाटो देखाउने र हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्ने उनले बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...