
नयाँ विकल्प,
तनहुँ -नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् । आइतबार सम्पन्न कांग्रेस तनहुँको जिल्ला अधिवेशनमा कार्यवाहक सभापति रहेका आलेले पौडेल पक्षीय बहालवाला सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गरेका हुन् ।
१७८५ मत खसेकोमा आलेले ९५१ मत पाएका छन् भने न्यौपानेले ७८३ मत पाएका हुन् ।आलेको प्यानलबाट २ उपसभापति, २ सचिव र १ सहसचिवका उम्मेदवार विजयी भएका हुन् । दुई सहसचिवमा भने पौडेल समूहका उम्मेदवारी विजयी भएका छन् ।
उपसभापतिमा राजेन्द्र कुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...