
नयाँ विकल्प,
काठमाडौं – जापानले मंगलबबार अर्थात भोलीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न नदिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिमका कारण जापानले भोलिदेखि लागू हुने गरी विदेशी नागरिकका लागि प्रवेश निषेध गरेको हो ।
सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्थासहित विश्वका कुनै पनि देशबाट आउने यात्रुलाई प्रवेशमा रोक लगाइएको प्रधानमन्त्री फुमियो किशिदाले बताउनुभएको बीबीसीले जनाएको छ ।
जापानमा यसअघि पनि धेरैजसो नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो । नोभेम्बरको सुरुदेखि व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकालाई प्रवेशमा केही सहज बनाएकोमा फेरि कडाइ गरेको हो ।
यसैबीच अस्ट्रेलिया सरकारले आउँदो बुधवारदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबारे थप जानकारी लिनुपर्ने भन्दै अस्ट्रेलियाले दुई हप्ता सीमा नाका बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री स्कट मरिसनले केही दिनअघि आउँदो बुधवारदेखि विदेशी विद्यार्थीसहित दक्ष कामदारलाई अस्ट्रेलिया प्रवेश गर्न दिने निर्णय गरेको हो । अब कम्तीमा डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी नागरिक अस्ट्रेलिया जान पाउने छैनन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...