
नयाँ विकल्प,
काठमाडौं – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली नागरिकको भावनाअनुसार परिवर्तनको संवाहक शक्तिको रूपमा अघि बढ्न पनि सुझाव दिए ।
आज बुधवारदेखि काठमाडौंसुरु भएको राप्रपाको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातीय सद्भाव र राष्ट्रिय एकताको भावना रहेको औल्याउँदै त्यहीअनुसार अघि बढेर देशलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन नेपालका राजनीतिक दलहरू पनि सचेत भएर अघि बढनुपर्ने बताए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...