
नयाँ विकल्प,
नयाँ दिल्ली । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा आइपुगेको छ । भारतमा हालसम्म ६ जनामा ओमिक्रोन भेरियन्ट देखा परिसकेको छ । यो भन्दा अगाडी पनि भारतमा दुई जनामा ओमिक्रोन भेरियन्ट देखा परेको थियो ।
साउथ अफ्रिकाबाट भारत आएका ६६ वर्षको विदेशीमा यो भेरियन्ट देखा परेको छ भने अर्को ४६ वर्षिय भारतीय स्वस्थ्यकर्मीमा ओमिक्रोन भेरियन्ट देखिएको थियो । स्वस्थ्यकर्मीको सम्पर्कमा आउने अरु छ जनामा पनि यो भेरियन्ट पुष्टि भएको छ ।
कोरोनाको नयाँ भेरियन्टट ओमिक्रोन तिव्र रुपले फैलन सुरु गरेको यस तथ्यांकले देखाएको छ । यो भेरियन्ट डेल्टा भाइरस भन्दा छ गुना बढी संक्रामक देखिएको छ ।
अहिले सम्म ओमिक्रोन भाइरस ३१ देशमा ३७६ जनामा देखिएको छ । संक्रमित सबैमा हल्का लक्षण देखा परेको छ । विश्व भर फैलन सुरु गरेको यो भाईरसको बारेमा विश्व स्वास्थ्य संगठनले अध्ययन गरिरहेको छ ।
ओमिक्रोन भाईरसको कारण अहिले नै लक डाउन लगाउन पर्ने अवस्था नरहेको अधिकारीहरुले बताएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...