
नयाँ विकल्प,
जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को प्रथम अधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र उपसभापति बिमलेन्द्र निधी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।अहिलेसम्म रामचन्द्र पौडल, शसांक कोइलालगायतका समूहबाट औपचारिक रूपमा उम्मेदवारी घोषणा भएको छैन ।
केही दिनअघि उपसभापति निधी समूहबाट प्रदेश सभापतिमा प्रदेशका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका थिए । शुक्रबार पत्रकार सम्मेलन गर्दै देउवा समूहबाट रौतहटका सभापति कृष्णा यादवले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रदेश सभापतिमा प्रदेश २ मा देउवा गुटकै चार जना रामरोज यादव, महोत्तरी सभापति महेन्द्र कुमार राय, सप्तरी सभापति दिनेश यादव र रौतहट सभापति कृष्णा यादव महत्वकांक्षी रहेका थिए । तर, रामसरोज यादवले पहिला नै आफू उपसभापति निधीको समूहबाट उम्मेदवारीको घोषणा गरेपछि प्रदेश २ मा औपचारिक रूपमा देउवा र निधी गुट देखिएको छ ।
निधी गुट अलग भएपछि देउवा गुटमा रहेका तीन जना महेन्द्र कुमार राय, दिनेश यादव र कृष्णा यादवबीच कांग्रेसका पूर्वकोषाध्यक्ष चित्रलेखा यादवको रोहवरमा शुक्रवार बिहान साझा उम्मेदवार बनाउने छलफल भएको थियो ।
कांग्रेसका महोत्तरी सभापति महेन्द्रकुमार रायका अनुसार छलफलमा पार्टीका हाइकमाण्डले तोकिएको व्यक्ति नै सभापतिमा उम्मेदवारी दिने तीनै जनाबीच सहमति भएको छ । पार्टीका हाइकमाण्ड अर्थात् शेरबहादुर देउवाले प्रदेश २ को सभापतिमा कृष्णा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको महोत्तरी सभापति रायले बताए ।
देउवा समूहले पत्रकार सम्मेलन गरी यादवलाई उम्मेदवार बनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा प्रदेश २ का निर्वाचन संयोजक रमेश रिमालले सभापति देउवा समूहबाट यादवलाई प्रदेश सभापतिमा साझा उम्मेदवार बनाएको बताए ।
पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य आनन्द ढुंगाना, महेन्द्र यादव, लगायतका सहभागिता रहेको थियो । यसैबीच, कांग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ । शुक्रबारको लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिस्ट्रेसन संयोजक विश्वेश्वर यादवले जनाएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता कार्य स्थगित गरिएको उनले बताए । आठ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म चार वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नामावली आउन नसकेको उनले बताए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...