लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने राष्ट्रपतिको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने राष्ट्रपतिको भनाइ

नयाँ विकल्प,

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने बताएकी छन् ।
समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहने समेत उनको भनाइ छ ।


आइतवार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाडौंमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताइन्।


राष्ट्रपति भण्डारीले समाजमा शिक्षा र चेतना विस्तार हुँदै जाँदा महिलाको सामाजिक र आर्थिक अवस्था क्रमशः सुधारोन्मुख भएको भए पनि लैङ्गिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहनु चिन्ताको विषय भएको बताइन् ।

उनले छाउपडी, बोक्सी जस्ता कुप्रथा पूर्णरूपमा निर्मूल गर्न अझै सङ्घर्ष गरिरहनुपरेको अवस्थामा अर्कोतर्फ कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवम् प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणका नयाँ रूप प्रकट भइरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर १९, २०: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर १९, २०: २१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर १९, २०: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...