
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयप्रति त्रिविका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनीहरुले त्रिवि सभाको निर्णय दूर्भाग्यपूर्ण र घातक रहेको बताएका छन ।
अर्को सभा वैठक डाकेर तुरुन्त बदर गर्न माग गर्दै उनीहरुले दबाबबाट अनुचित निर्णय गर्नु कुनै पनि हालतमा राम्रो नहुने बताएका छन् । विज्ञप्ति जारी गर्ने पूर्व उपकुलपतिहरुमा केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नविनप्रकाशजङ्ग शाह रहेका छन् ।
त्रिवि सभाको बैठकले केही दिनअघि १० वर्षदेखि करारमा हेका ४८० जना कर्मचारी र अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने निर्णय गरेको थियो ।
उक्त निणर्यले गुणस्तरीय शिक्षा उपहासको विषय बनेको र योग्य व्यक्तिको प्रतियोगितामा सामेल हने मौलिक अधिकारहनन भएकोसमेत पूर्व उपकुलपतिहरुले बताएका छन् ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...