
एजेनसी,
काठमाडौं– भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावतको तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । उनको ६३ वर्षको उमेरमा निधन भएको छ ।
यस्तै, जनरल रावतकी पत्नी मधुलिकाको निधन भएको भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको ज्यान गएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ । हेलिकप्टर कोयम्बटोरमा रहेको सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेको ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाँदै थियो । भारतीय वायु सेनाका अनुसार यो एमआई १७बी ५ हेलिकप्टर थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...