
नयाँ विकल्प,
काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ ।
राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै बुधवार सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक टिकटमा टाँचा प्रदान गरे ।
विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको २०७७ साल भदौ २ गते निधन भएको थियो । राष्ट्रकवि घिमिरेको जीवनकालमै प्रकाशनमा ल्याउने सरकारको २०७६ चैत ९ गतेको निणर्यअनुसार हुलाक सेवा विभागबाट १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याउन अन्तर्राष्ट्रिय बोलपत्रका माध्यमबाट छपाइ भइ परीक्षण र प्रकाशनको तयारीमा रहँदा रहँदै गएको भदौ २ गते स्वर्गारोहण भएको थियो ।
स्वर्गारोहण भए पनि विभागले राष्ट्रपति घिमिरेको उच्च सम्मान गर्दै टिकट प्रकाशनमा ल्याएको मन्त्री कार्कीले बताए ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...