आउँदो सरकार कांग्रेसकै हुन्छ: सभापति देउवा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

आउँदो सरकार कांग्रेसकै हुन्छ: सभापति देउवा


नयाँ विकल्प
,

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक प्रतिस्पर्धाले देशमा हुने आउँदो चुनावमा कुनै असर नपरोस् भन्नेतर्फ सजग रहन पार्टीका नेतारकार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रवार सम्बोधनका क्रममा उनले आउँदो सरकार कांग्रेसको हुनेमा निश्चिन्त रहन आग्रह गर्दै त्यो जिम्मेवारी आफ्नो भएको विश्वास दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘आफ्नो सरकार गठन हुनुअघि देशमा कस्तो डर त्रास थियो । मेरो सरकार गठन भएलगत्तै नागरिकले ओली (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) को शासनबाट मुक्ति पाए ।

पाएको मुक्ति बचाउने हो कि होइन, महाधिवेशनले तय गर्नेछ । आउँदो सरकार कांग्रेसको हुन्छ, त्यो मेरो जिम्मेवारी हो । आउँदो चुनावमा पार्टीमा कुनै समस्या नआओस् ।’

पालिका र सङ्घीय सरकार कांग्रेसकै हुने नेतारकार्यकर्तालाई आश्वस्त पार्दै उनले त्यसका लागि एक पटक आफूलाई जिताउन आग्रह गरे ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २४, १९: ५८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २४, १९: ५८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २४, १९: ५८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...