
नयाँ विकल्प,
काठमाडौं– तेस्रो आइवार्ट शर्ट फिल्म प्रतिस्पर्धा २०२१ टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाहरूको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले राष्ट्रिय नाचघर काठमाडौंमा तेस्रो संस्करणको लघु चलचित्र प्रतिस्पर्धा सम्पन्न भएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको शर्ट फिल्म प्रतिस्पर्धामा महिला निर्देशकले निर्देशन गरेका १७ लघु चलचित्र प्रस्तुत गरिएको थियो ।
प्रतिस्पर्धामा सरिता शाहको फिल्म फगुनिया पहिलो, पुष्प जोशी र एन्जिला चौधरीको ललिताले दोस्रो र श्रीस कुँवर र अस्मिता लावतीको चलचित्र समाइराले तेस्रो स्थान हासिल गरेको छ ।
१४ देशमा इकाइ तथा ५४ देशमा सदस्य रहेका आइवार्टको नेपाल च्याप्टरले यसअघि २०१९ र २०२० मा पनि प्रतियोगिताको आयोजना गरिसकेको छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा पुनः बढाएको छ । विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनका...