बाहिरका मानिसलाई कांग्रेसमा आउन मन लाग्ने बाताबरण बनाउन सक्ने नेतृत्वको आवश्यक छ :गगनकुमार थापा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बाहिरका मानिसलाई कांग्रेसमा आउन मन लाग्ने बाताबरण बनाउन सक्ने नेतृत्वको आवश्यक छ :गगनकुमार थापा


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा १४ औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले सफा, पवित्र र निश्चल कांग्रेस शेखर कोइरालाको नेतृत्वमा देखिने भएकाले आफूलाई जिताउन आह्वान गरेका छन् ।

आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेताले थापाले आउँदो चुनावमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन् ।

उनले पार्टीलाई चुनावमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको बताए । नेता थापाले कांग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने जिकीर गरेका छन् ।

अधिवेशन सकिनासाथ अधिवेशनका सबै प्रतिनिधिहरु आ–आफ्नो घर जान्छौँ । यो अधिवेशनको प्रक्रियामा झन्डै नौ लाखभन्दा बढी क्रियाशील सदस्य सहभागी हुनुभएको छ र जसले क्रियाशील सदस्यता लिनुभयो, वडामा सहभागी हुनुभयो र विभिन्न तहमा प्रतियोगी छान्नुभएको छ ।


यो सकिएपछि पार्टीलाई सुदृढ र बलियो बनाउँछौँ । त्यसपछि हामी पार्टीलाई चुनावमा लिएर जान्छौँ । पार्टी चुनावमा जाँदै गर्दा सबै पार्टीको सदस्यलाई सोध्यो भने चुनावमा हामी जित्नुपर्छ भन्छन् । अघि शेखर दाइले भन्नुभयो, गठबन्धन सरकारलाई लिएर चुनावसम्म जाने हो ।

चुनाव एक्लै लड्ने हो, जित्ने हो । तर हाम्रो गणितले हामीलाई के भन्छ भने नेपालमा कम्युनिस्ट पार्टी मिलेको अवस्था हेर्‍यौँ, क्षेत्रीय पार्टी मिलेको अवस्था हेर्‍यौँ, नेपाली कांग्रेसले अरू सबै बिर्सिएर चुनावको मात्रै चर्चा गर्ने हो भने, चुनाव एक्लै जित्ने हो भने अहिले भएको मतदातामा झन्डै १०र१२ लाख अरू मतदाता थप्नुपर्छ ।

त्यसका लागि कांग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई पनि कांग्रेसमा आउन मन लागोस् ।’

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २६, २०: ५२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २६, २०: ५२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २६, २०: ५२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...