१४ औँ महाधिवेशनले महिलाको सहभागिता सुनिश्चित गर्न सक्ला ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

१४ औँ महाधिवेशनले महिलाको सहभागिता सुनिश्चित गर्न सक्ला ?

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा १४ औँ महाधिवेशनमा महिला (खुल्ला) तर्फका उम्मेवादर रिता दवाडीले महिला सहभागिता सनिश्चितताको लागि उम्मेदवारी दिएको बताएकी छन् । नेतृ दवाडीले सहभागिताको सनिश्चितताका लागि पहिलो खुड्किलोको रुपमा आफुले यसपटक महिला (खुल्ला) मा उम्मेदवारी दिएको बताइन् ।

नयाँ विकल्पसँग कुरा गर्दै दवाडीले भनिन्, ‘मैले यसपटक महिला (खुल्ला) तर्फ आप्mनो उम्मेदवारी दिनुको कारण यो सहभागिता चित्रले देखाएको छ । नेपाली समाजमा महिलामाथि हुने लैङ्गिक विभेद र असमानताको अन्त्य गर्दै समान अवसर र सहभागिताको लागि दबाब सृजना गर्न यस पटक पहिलो खुड्किलोको रुपमा आफ्नो उम्मेदवारी केन्द्रीय सदस्य महिला (खुल्ला) दिएको हुँ ।’
१४ औं महधिवेशनमा १३४ सिटका लागि ४८६ उम्वेवारी परेको छ । जसमध्ये महिलाको उम्मेदवारी मात्रै ३३ प्रतिशत रहेको छ । तर, महिलाको उम्मेदवारी मात्रै ३३ प्रतिशत रहेपनि सहभागितको सुनिश्चतता भने होइन । महिला सहभागिता ३३ प्रतिशतलाई नारा र उम्मेदवारीमा मात्र सिमित नराखेर नेतृत्वमै सुनिश्चित गर्नुपर्ने नेतृ दवाडीको भनाइ छ ।
यद्यपि महाधिवेश निर्वाचनमा उम्मेदवारी दिनेको सङ्ख्या भन्दा पनि निर्वाचनपछि आउने नजिताले केन्द्रीय सदस्यमा महिला सहभागिताको सुनिश्चितता हुनेछ । निर्वाचानमा महिला पदाधिकारी पदकोे उम्मेदवारीे सहभागिताले नै नेतृत्वमा पुग्न सहज नभएको उनको भनाइ छ ।

‘त्यसैले एक जना महिलाको उम्मेवारी परेको छ । महिलालाई प्रमुख भूमिकामा आउन कठिन छ भन्नेर बुझ्न गाह्रो छैन । सहभागिताको सनिश्चितताको मैले यसपटक महिला (खुल्ला) मा उम्मेदवारी दिएकी हुँ ।’
नेपाली समाजमा अझैपनि लैङ्गिक विभेद कायम रहेकाले समान अवसर र सहभागिताको लागि दबाब सृजना गर्न केन्द्रीय सदस्य महिला (खुल्ला) तर्फ उम्मेदवारी दिनुको विकल्प नभएको उनले बताइन् । महिला (खुल्ला) केन्द्रिय सदस्यमा निर्वाचित भएपछि आवाजविहिन महिलाको आवाज बुलन्द बनाउन झैँ सशक्त भएर लाग्न हौसला थप्ने समेत उनको भनाइ छ ।
विश्वका धेरै राष्ट्रमा महिला नेतृहरुले सफल रुपमा नेतृत्व सहमालेको प्रशस्त उदाहरण भएपनि नेपालको सन्दर्भमा सघर्ष जारी रहेको उनले बताइन् । समानता र बराबरीको लागि अझै निरन्तर लड्न जरुरी रहेकोले उम्मेदवारी महिलाहरुको साझा प्रतिनिधित्वको लागि भएको उनले सुनाइन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २६, २२: २३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २६, २२: २३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २६, २२: २३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...