
नयाँ विकल्प,
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले हस्तकला नेपालको व्यापार घाटालाई सन्तुलित राख्ने प्रमुख क्षेत्र भएको बताएका छन् ।
हस्तकला स्वर्ण महोत्सव तथा दशौँ हस्तकला दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली हस्तकलाका वस्तुहरुले नेपालको पहिचानलाई उचो बनाउने काम गरिरहेको पनि बताए ।
उपराष्ट्रपति पुनले नेपालको गरिबी न्यूनीकरण गर्न, रोजगारीको अवसर सृजना गर्न हस्तकला क्षेत्रले उल्लेखनीय योगदान दिइरहेकाले यस क्षेत्रको प्रवर्द्धनको कामलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
नेपाली हस्तकलाका वस्तुहरूको युरोप, अमेरिकाजस्ता विकसित देशमा माग बढ्नु नेपाल र नेपाली हस्तकलाका लागि सबैभन्दा सुखद् विषय भएको पनि उनको भनाइ छ ।
काठमाडौं : काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुम्वासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले...
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा...
काठमाडौं : नेपाली कांग्रेस विशेष महाअधिवेशनको नेतृत्वलाई पूर्ण असफल बनाउन र निर्वाचनमा कांग्रेस उम्मेदवार जिताउन भूमिका नखेलेको आरोप लागेका, तरुण...