पराजयबाट कुनै कुण्ठा नलिएको कांग्रेस नेता शेखर कोइरालाको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पराजयबाट कुनै कुण्ठा नलिएको कांग्रेस नेता शेखर कोइरालाको भनाइ


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वाभाविक रुपमा लिएको बताएका छन् । पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित भएपछि आज बुधवार काठमाडौ.मा आयोजित कार्यक्रममा नेता, कार्यकर्ताको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनेको भन्दै कार्यकालको पूर्ण सफलताको कामनासमेत व्यक्त गरे ।


नेता कोइरालाले नवनिर्वाचित पार्टीका सभापति देउवालाई विगतमा जसरी बेथितिका साथ पार्टी चलाए सशक्त प्रतिवादमा उत्रने बताए । आफूले सभापतिमा भएको पराजयबाट कुनै कुण्ठा नलिएको भन्दै उनले यस महाधिवेशनबाट आफ्ना विचार समूहको विचारको जित भएको बताए ।

नेता कोइरालाले महाधिवेशनले आफूलाई जनताको घरदैलोमा जाने सन्देश दिएको उल्लेख गर्दै आजैदेखि उनीहरुको घरदैलोमा पुगेर आउँदो महाधिवेशनमा आफ्नो विचार समूहलाई विजयी बनाउने विश्वाससमेत व्यक्त गरे ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २९, २०: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २९, २०: २५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २९, २०: २५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...