
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्रीको नतिजा आएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको छ । शुक्रबार पाँच जना सहमहामन्त्री पदको मतगणना सकिएसँगै १३ सदस्यीय पदाधिकारी चयन भएको हो ।
सभापति शेरबहादुर देउवा समूह पदाधिकारीमा बहुमत भने पुगेको छ । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरु भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र महेन्द यादव देउवा समूहबाट निर्वाचित भएको छन् ।
यस्तै डा.शेखर कोइराला समूहबाट उपाध्यक्ष धनराज गुरुङ र महामन्त्री गगनकुमार थापासहित सहमहामन्त्रीहरु बद्री पाण्डे, जीवन परियार विजयी भएका हुन् । विश्वप्रकाश शर्मा प्रकाशमान सिंह समूहबाट चुनावी प्रतिस्पर्धामा आएर महामन्त्रीमा विजयी हुन्।
महिलाको प्रतिनिधित्व भने महिला क्लस्टरु बाटमात्र बनेको छ । आज भएको सहमहामन्त्री पदको मतगणनामा मधेशीतर्फ महेन्द्र यादव, थारुतर्फ उमाकान्त चौधरी, पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, खसआर्यतर्फ किशोरसिंह राठौर र मुस्लिमतर्फ फरमुल्लाह मन्सुर निर्वाचित भएका हुन् ।
मधेशीतर्फ महेन्द्र यादवले दुई हजार २६ र उनका प्रतिद्वन्दी रामकृष्ण यादवले एक हजार आठ सय २० मत प्राप्त गरे। थारुतर्फ उमाकान्त चौधरीले दुई हजार पाँच सय ४५ र तेजुलालले एक हजार सात सय ७२ मत प्राप्त गरेका थिए ।
यस्तै पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डेले दुई हजार चार सय ११ र जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत प्राप्त गरेका थिए। मुस्लिमतर्फ फरमुल्लाह मन्सुरले दुई हजार सात सय ७६ र शेख वकीलले एक हजार आठ सय ७५ मत प्राप्त गरेका थिए ।
यस्तै खसरआर्यतर्फ किशोरसिंह राठौरले दुई हजार पाँच सय ७६ र देवराज चालिसेले दुई हजार ५९ मत प्राप्त गरे थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...