
नयाँ विकल्प,
कास्की – पोखरामा वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको पाइएको छ । वायु प्रदूषण मापन सूचक (एक्यूआई)दुई सयभन्दा माथि जानुलाई घातक मानिन्छ ।
अहिले पोखरामा एक्यूआई दुई सय चार पुगेको छ । यो प्रदूषण मानव शरीरका लागि अति नै हानिकारक हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । पोखरासँगै विराटनगर, जनकपुर, कीर्तिपुर, सिमरा लगायतका ठाउँमा राखिएका मापन केन्द्रले पनि वायुको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको देखाएका छन् ।
एक्यूआई एक सयभन्दा माथि गएपछि त्यहाँको वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको मानिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई २५ सम्मलाई मानव स्वास्थ्यका लागि उत्तम मानेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...