साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलः नेपालको फाइनल पुग्ने आशा कायमै – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलः नेपालको फाइनल पुग्ने आशा कायमै

काठमाडौं । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबल अन्तरगत ढाकास्थित सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाल १–० ले भारतसँग पराजित भएको छ । योसंगै भारत च्याम्पियनसिपको फाइनल चरणमा पुगेको हो ।

नेपालले पहिलो १५ मिनेटमा प्रतिस्पर्धामक खेल खेले पनि बाँकी समय भारतले आक्रामक खेल खेलेको थियो । भारतले आक्रामक खेल खेलेपनि पहिलो हाफमा गोल गर्न सकेको थिएन् । नेपाली खेलाडीले बल पोजिसनमा राख्न नसक्दा भारतले पहिलो हाफमा निकै दबाबपूर्ण खेल प्रदर्शन गरेको थियो ।
प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गर्दै नेपाली टिमकी गोलरक्षक आञ्जना रानामगरले भारतीय टिमको कैयौँ प्रयासलाई विफल पारिन् । भारतका लागि यो खेल गर या मरको स्थितिमा थियो भने नेपालले यो खेल बराबरीमा रोक्दा मात्र पुग्ने थियो ।

खेलको ५१ औं मिनेटमा नेपाली खेलाडी अमिसा कार्कीको पासमा सविता राना मगरको प्रहार पोस्ट माथिबाट बाहिरियो भने ५८ औं मिनेटमा भारतकी जर्सी नम्बर ८ की मडिअम्बलको पासमा लिन्डाको हेडरमार्फत सटिक प्रहारलाई नेपालले विफल पारेको थियो ।

भारतीय खेलाडी पि देवी नावोरेमले खेलको ६७औं मिनेटमा सटिक गोल गर्दै भारतलाई फाइनलमा प्रवेश गराइन् । नेपाल भने फाइनल पुग्न श्रीलंका र बंगलादेशबीच हुने खेलमा श्रीलंकाको जित हुनुपर्ने छ । यससंगै नेपालको ४ खेलमा २ जित र १ बराबरी र १ हारसहित फाइनलको सपना सकिएको छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ पुष ४, १८: ०२

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ पुष ४, १८: ०२

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ पुष ४, १८: ०२

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...