मतदाता नामावली संकलनमा सहभागी हुन छुटेकाहरुलाई आयोग आग्रह – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

मतदाता नामावली संकलनमा सहभागी हुन छुटेकाहरुलाई आयोग आग्रह

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले दोस्रो चरणको मतदाता नामावली संकलन कार्य भइरहेको जनाएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर दोस्रो चरणको मतदाना नामावली संकलन कार्य चलिरहेकाले १६ वर्ष उमेर पुगेका र उमेर पुगेर छुटेकाहरुलाई निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयमा गएर नाम लेखाउन आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्धारा जारी विज्ञप्तिमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम मार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त भइ दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेकाले सहभागी हुन् आग्रह गरिएको छ ।

स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गर्दा “ मतदाता नामावलीमा नाम छुट भएका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवम् सुत्केरी महिलाहरूलाई प्राथमिकता दिने, दर्तास्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपानको कक्ष साथै दर्तास्थल लैङ्गिक तथा अपाङ्गगतामैत्री हुने व्यवस्था मिलाउने एवं गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरुलाई विश्राम कक्ष र दर्ता स्थलसम्म सहज पहुँचका लागि विशेष व्यवस्था तथा मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने समेत व्यवस्था मिलाउने लगायतका विषयमा सबै स्थानीय तहहरूलाई सहयोग उपलब्ध गराउन आयोगबाट अनुरोध समेत भएको छ । “ उल्लेख गरिएको छ

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष ५, २१: ४७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष ५, २१: ४७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष ५, २१: ४७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...