
नयाँ विकल्प,
काठमाडौं– मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे साझा धारणा तय गर्न सत्तारुढ गठबन्धनद्वारा गठित कार्यदलले छलफल सुरु गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्न बुधवारदेखि छलफल सुरु गरेको हो ।
कार्यदलका संयोजक खनालको डल्लुमा रहेको निवासमा एमसीसीबारे साझा धारणा तय गर्ने आज पहिलो बैठक बसेको हो । बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी बताए ।
कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्याएर सञ्चारमाध्याममार्फत नेपाली नागरिकलाई सुसूचित गर्ने योजना पनि बनाएको छ । सत्तारुढ पाँच दलले केही दिनअघि एमसीसीबारे समान धारणा तय गर्न खनालको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेतासमेत रहनुभएका मन्त्री कार्की सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...