स्थानीय तहको चुनावको तयारीमा आयोग जुटिरहेको छ: प्रमुख आयुक्त थपलिया – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

स्थानीय तहको चुनावको तयारीमा आयोग जुटिरहेको छ: प्रमुख आयुक्त थपलिया

नयाँ विकल्प,
काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको चुनावको तयारीमा आयोग जुटिरहेको बताएका छन् । आयोग चुनावको तयारीमा जुटिसकेकाले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउने कार्यमा सहयोग गर्न पत्रकारलाई आग्रह गरेका छन् ।


धुलिखेलमा बुधबार आयोजित एक कार्यक्रममा सात सय ५३ वटै पालिकाको चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताएका हुन् । पालिकाका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिने भएकाले २०७९ साल बैशाख २० गते भित्र स्थानीय तहको चुनाव गराइसक्ने उनले जिकीर गरे ।
उनले भने, ‘स्थानीय जनप्रतिनिधिको कार्यकालको अवधि सकिदैँछ ।

स्थानीय तहका जनप्रतिनिधिहरुको अवधि पुरा हुँदैछ, उनीहरुको अवधि थप्ने कुनै कानुनी व्यवस्था अहिलेको मितिसम्म छैन, स्थानीय सरकार रिक्त रहने कुरा कल्पनासम्म पनि गर्न सकिर्दैन ।’
आयोगले चाडैँ नै पालिका निर्वाचनको मिति तय गर्न सरकारसमक्ष सिफारिस गर्ने उनले बताए । यस्तै, कार्यक्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश सभा, प्रतिनिधि सभाको २०८९ साल फागुन भित्र सम्पन्न गर्न आयोग तयारी जुटिरहेको उनले बताए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ पुष ७, २२: १६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ पुष ७, २२: १६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ पुष ७, २२: १६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...