कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माबीच मिलेर अगाडि बढ्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माबीच मिलेर अगाडि बढ्ने


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १० गते बसेको केन्द्रीय समिति बैठकअघि थापा र शर्माबीच मिलेर अगाडि बढ्ने सहमति गरेका हुन् ।

दुई महामन्त्रीमा थापाको वरियता अगाडि भए पनि केन्द्रीय समिति बैठकमा आलोपालो प्रस्ताव राख्ने सहमति भएको छ । विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्माले सहमती जनाएका हुन् ।

नेपाली कांग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । त्यसमा मूलतः केन्द्रीय कार्यसमितिमा प्रस्ताव आलोपालो प्रस्तुत गर्ने दुई नेताबीच सहमति भएको हो ।

महामन्त्रीमा निर्वाचित भएपछि थापासँग हल बाँधिएर काम गर्न तयार रहेको दुवै नेताहरुले बताएका छन् । महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने कुरामा पनि सोही सहमति लागु हुने नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १२, २०: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १२, २०: ४८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १२, २०: ४८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...