सिरहा – जनमत पार्टीले हड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा हटाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकपछि निषेधाज्ञा फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । प्रशासनले यसअघि पक्राउ परेका किसान मिथिलेश यादव र सिके राउतको दल जनमत पार्टीका १८ जना कार्यकर्तालाई पनि रिहा गरेको उनले बताए।
किसान यादव सिरहाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेपछि सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरु गरेको हो ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...