
नयाँ विकल्प,
काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमण दर बढेकाले अलर्ट जारी गरिएको छ । लगातार तीन दिनसम्म कोरोना भाइरसको सङ्क्रमण दर ० दशमलव ५ प्रतिशतको दरले बढेमा यलो अलर्टु जारी गरिन्छ ।
मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ुयलो अलर्ट जारी गरिएको घोषणा गरेका हुन् । यलो अलर्टु जारी गरेसँगै अब दिल्लीमा रातिको समयमा कर्फ्यु लगाइएको छ ।
यस्तै विद्यालय तथा कलेज बन्द हुने भएका छन् । अत्यावश्यक सामानको पसल मात्र समय मिलाएर खोल्ने र सार्वजनिक गाडीमा सिटको आधा सङ्ख्यामा यात्रु राखेर मात्र चलाउन पाइने भएको छ ।
दिल्लीमा अब राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागू हुनेछ । यस्तै शपिङ कम्प्लेक्स र अरू सामानको पसल बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइनेछ । सिनेमा हल, जिमखाना, योगशाला र पार्क बन्द रहने दिल्ली सरकारले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...