तमु ल्होसारमा गरिने सार्वजनिक विदाको सूचना गृह मन्त्रालयका दुई उपसचिवले जारी गरे छुट्टाछुट्टै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

तमु ल्होसारमा गरिने सार्वजनिक विदाको सूचना गृह मन्त्रालयका दुई उपसचिवले जारी गरे छुट्टाछुट्टै

नयाँ विकल्प,

काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेपनि गृह मन्त्रालयले भने दुईदुई वटा सूचना जारी गरी बिहीबार अर्थात भोलि सार्वजनिक विदा दिने जानकारी दिएको हो ।

गृह मन्त्रालयमा उपसचिव शोभाखर रेग्मीले एक सूचना जारी गरी जानकारी दिएका छन् भने गृहका मन्त्रालयकै अर्का उपसचिव बसन्त भट्टराईले पनि छुट्टै सूचना प्रकाशन गरि सार्वजनिक बारे जानकारी दिएका हुन् ।
बिहिबार गृह मन्त्रालयका उपसचिव भट्टराईद्धारा हस्ताक्षर गरिएको सूचनार्मा वि.स साल पौष १५ गतेका दिन तमु ल्होसार परेको हुनेले सो को अवसरमा देशभरका सबै सरकारी कार्यालय तथा सार्वनिजक निकाय र विदेशस्थित कुटनैतिक नियोगहरुमा समेत सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रीपरिषबाट मिति २०७८÷०९÷ १४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


यस्तै बुधबार अर्थात् आज गृह मन्त्रालयका अर्का उपसचिव शोभाखर रेग्मीद्धारा जारी गरिएको सूचनामा ’वि.स. २०७८ पौस १५ गते बिहिबारका दिन तमु ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वनिजक निकायमा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रीपरिषद् मिति २०७८÷०९÷१४ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’


बिहिबार सार्वजनिक सूचना दिने सम्बन्धमा गृह मन्त्रालयका दुई उपसचिवहरुबाट जारी गरिएको सूचनामा उल्लेख गरिएको कुरा एउटै भए पनि दुवै जनाको नाममा दुई पटक सूचना प्रकाशन हुनु भनेको गृहमा मन्त्रालयका उच्च तहका कर्मचारीविच समन्वय नहुने रहेछ भन्ने कुरा यस सूचनाबाट प्रष्ट बुझन सकिन्छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ पुष १४, २०: ३३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ पुष १४, २०: ३३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ पुष १४, २०: ३३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...