
नयाँ विकल्प,
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौँ महाधिवेशनको बन्द सत्रमा पेस गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ ।
कमलादीको प्रज्ञा भवनका चलिरहेको बन्द सत्रमा अध्यक्ष प्रचण्डले आइतवार पेस गरेको सूची बन्द सत्र हलले अनुमोदन गरेको हो । अध्यक्ष प्रचण्डले समानुपातिकतर्फ एक सय २५ जना र खुलातर्फ एक सय ११ जना गरी दुई सय ३६ जनाको नामावली पेस गरेका थिए ।
दुई सय ९९ सदस्यमध्ये अब बाँकी ६३ सदस्य मनोनित रहनेछन् । केन्द्रीय सदस्यहरुले पदाधिकारी चयन गर्नेछन् । पदाधिकारीको टुङ्गो भने सोमवार अर्थात् भोलि मात्रै लगाउने माओवादी केन्द्रले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...