
नयाँ विकल्प,
काठमाडौं– नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै गएको पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतवार सकिएको हो ।
महाधिवेशनले दुई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको छ । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रुपले पारित गरेको छ।
बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने भोलि सोमवार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकबाट टुङ्ग्याइने बताइएको छ ।
यसैबीच नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले सबैभन्दा अग्रगामी, समावेशी र लोकतान्त्रिक तरिकाले कन्द्रीय कमिटी चयन गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...